Sunday, October 14, 2018

अफगानिस्तान प्रिमियर लिगको डेब्यु खेलमै सन्दीपको कमाल

इन्डियन प्रिमियर लिग(आइपीएल)खेलेपछि विदेशी क्रिकेट लिगमा व्यस्त बनेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले  युएईमा जारी अफगानिस्तान प्रिंमियर लिग(एपीएल) को पहिलो खेल आइतबार खेलेका छन् । 
अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर बेन कटिङको कप्तानीमा रहेको नान्गहर लेपार्डसमा आवद्ध भएका सन्दीपले आइतबारको डेब्यु खेलमा २ विकेट लिन सफल भए ।  ४ ओभर बलिङ गरेका सन्दीपले २३ रन मात्रै दिएर २ विकेट लिन सफल भएका हुन् । 
अफगानिस्तानकै मोहमद साहजादको कप्तानीमा रहेको पाक्टिया प्यान्थर्ससँग प्रतिस्पर्धा गरेको सन्दीप आवद्ध टोली नान्गहर लेपाडर्स ७ विकेटले पराजित भयो। टस जितेर पहिले ब्याटिङमा उत्रिएको नान्गहर लेपार्डसले २० आभेरमा अलआउट हुँदै १२९ रन बनाएको थियो । पाक्टिया प्यान्थर्सले १४.४ ओभर ३ विकेट गुमाएर जित हात पार्‍यो । 
मलेसियामा भएको सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता सहभागी भएका कारण सन्दीपले यस अघिका खेलमा सहभागी हुने पाएनन् ।  सन्दीप मलेसियाबाटै एपीएल खेल्न युएई गएका हुन् । 
आईपीएलसँगै क्यानाडा लिग, क्याराबिन प्रिमियर लिग खेलिसकेका सन्दीपलाई अफगानिस्तानको नान्गहर लेपाडसले १५ हजार डलरमा टोलीमा आबद्ध गराएको हो ।  संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने नयाँ ढाँचाको टी(१० लिग )क्रिकेटका लागि  भारतीय क्लब केलरा किङ्समा ३० हजार डलरमा आबद्ध भइसकेका छन् ।
Source: Annapurna Post

No comments:

Post a Comment