गण्डकी प्रदेश प्रमुख वावुराम कुँव
रले चढ्ने झण्डा वाला गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साझ ७ वजे पृथ्वीचोकवाट वा २ झ ३७४४ नम्वरको स्कर्पियो गाडी र सो का चालक मधुसुधन शाहलाई कास्की ट्राफिकले नियन्त्रणमा लिएको हो ।
पृथ्वीचोक स्थित हिमालय पेट्रोल पम्प अगाडि अनियन्त्रित रुपमा गाडी गुड्दै गर्दा प्रत्यक्षदर्शीले नजिकै रहेको ट्राफिक प्रहरीलाई खवर गरेपछि उक्त गाडी नियन्त्रणमा लिइएको थियो । उक्त गाडी ट्राफिकले चलाएर गण्डकी प्रदेश कार्यालय पु¥याएको छ भने चलाक मधुसुदनलाई मापसे परिक्षणका लागि अस्पताल पठाइएको छ ।
प्रदेश प्रमुख वावुराम कुँवरले चढ्ने उक्त गाडी चालकले आफू कपाल काट्न प्रदेश प्रमुख कार्यालय शहीदचोकवाट पृथ्वीचोक आएको वताएका छन् । अर्घाखाँची घर वताउने चालकले आफूले मापसे गरेर पहिलो पटक सवारी चलाएको वताए । डुङडुङ रक्सी गन्हाएका चालक मधुसुदन शाहले कास्की ट्राफिक प्रमुख प्र.नि. ऐन वहादुर मल्लका अगाडि नै मापसे गरेर गाडी चलाएको स्वीकार गरेका छन् अव हेरौ डाक्टरले कस्तो रिपोर्ट दिनेहुन् ।
प्रदेश प्रमुखको गाडी चढेर भट्टी पसल जाने छुट चालकलाई कसले दियो ? मापसे गरेर झण्डावाल गाडी चलाउने चालकलाई कस्तो कारवाही हुन्छ ? त्यो भने हेर्न वाँकी छ । राज्यका उच्च ओहोदाले प्रयोग गर्ने सवारी यसरी जड्याहा चालकलाई छाडा छोड्न मिल्छ ? जवाफ चाहिएको छ ।
x

No comments:
Post a Comment