Sunday, October 28, 2018

प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।
उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।
प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । डा. सायमीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य छ ।’
डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।  ‘आज बिहान फेरि ९ बजे हामी हेर्छौं, त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ । मलाई लाग्छ, अझै १–२ दिन अस्पतालमै राख्नुपर्छ’, उनले भने ।
प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् ।

Sunday, October 21, 2018

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ। 
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए।
प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।

Tuesday, October 16, 2018

पर्वतका अनिश थापाले पहिरिए लिगलिगे राजाको श्रीपेच !

लिगलिगकोट विकास अभियानको आयोजनामा भएको नवौं लिगलिगे दौड प्रतियोगिताका विजेता थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिनुभयो । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापाले  श्रीपेचसँगै ६० हजार १ सय रुपैयाँ र मेडल पुरस्कार पाउनुभएको छ ।
सम्मानस्वरुप उहाँलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक संस्था लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयो । दौडमा निर्धारीत दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो हुनुभयो । नेपाली सेनाका रामजी बस्नेतले ५९.२१ मिनेटमा पार गरी तेस्रो हुनुभयो ।


दोस्रो भएका पुनले ३५ हजार १ सय र तेस्रो भएका बस्नेतले २५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा  नेपाली सेनाका कृष्णबहादुर बस्नेत चौथो, सुर्खेतका पवनकुमार ओली पाचौं,  नेपाली सेनाका हरिकुमार रिमाल छैटौं, नेपाल प्रहरीका भूमिराज राई आठौं, जुम्लाका धीरबहादुर बुढा नवौं र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशौं भएका छन् ।
भेट्रानतर्फको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धर तेस्रो भएको स्थानीय सूर्य क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल
नेपाली पहिलो, हर्मीका सूर्य अधिकारी दोस्रो र खोप्लाङका दीपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार ५ रुपैयाँ, १२ हजार ५ रुपैयाँ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, साुनमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश  २० हजार ५ , १२ हजार ५  र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् ।
४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जोगाइराख्न लिगलिगे दौडको आयोजना गरेको आयोजकले जनाएको छ । लमजुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा गएको नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।
लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सदस्य चूडामणि खड्का, गण्डकी प्रदेश सदस्य हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल लगायतको उपस्थित हुनुभएको थियो ।समाचार स्रोत उज्यालो 

Sunday, October 14, 2018

अफगानिस्तान प्रिमियर लिगको डेब्यु खेलमै सन्दीपको कमाल

इन्डियन प्रिमियर लिग(आइपीएल)खेलेपछि विदेशी क्रिकेट लिगमा व्यस्त बनेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले  युएईमा जारी अफगानिस्तान प्रिंमियर लिग(एपीएल) को पहिलो खेल आइतबार खेलेका छन् । 
अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर बेन कटिङको कप्तानीमा रहेको नान्गहर लेपार्डसमा आवद्ध भएका सन्दीपले आइतबारको डेब्यु खेलमा २ विकेट लिन सफल भए ।  ४ ओभर बलिङ गरेका सन्दीपले २३ रन मात्रै दिएर २ विकेट लिन सफल भएका हुन् । 
अफगानिस्तानकै मोहमद साहजादको कप्तानीमा रहेको पाक्टिया प्यान्थर्ससँग प्रतिस्पर्धा गरेको सन्दीप आवद्ध टोली नान्गहर लेपाडर्स ७ विकेटले पराजित भयो। टस जितेर पहिले ब्याटिङमा उत्रिएको नान्गहर लेपार्डसले २० आभेरमा अलआउट हुँदै १२९ रन बनाएको थियो । पाक्टिया प्यान्थर्सले १४.४ ओभर ३ विकेट गुमाएर जित हात पार्‍यो । 
मलेसियामा भएको सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता सहभागी भएका कारण सन्दीपले यस अघिका खेलमा सहभागी हुने पाएनन् ।  सन्दीप मलेसियाबाटै एपीएल खेल्न युएई गएका हुन् । 
आईपीएलसँगै क्यानाडा लिग, क्याराबिन प्रिमियर लिग खेलिसकेका सन्दीपलाई अफगानिस्तानको नान्गहर लेपाडसले १५ हजार डलरमा टोलीमा आबद्ध गराएको हो ।  संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने नयाँ ढाँचाको टी(१० लिग )क्रिकेटका लागि  भारतीय क्लब केलरा किङ्समा ३० हजार डलरमा आबद्ध भइसकेका छन् ।
Source: Annapurna Post

Top 15 Nepali Books That Everyone Must Read

The Nepalese literary scene has seen quite a lot of great books over the years. With so much to choose from, one may easily get indecisive. As an avid reader, I know the struggles of choosing the next book to read and the disappointment of reading a waste-of-time book. And I also know the joy of reading great evocative books. As such, I have prepared a list of 15 top Nepali Books by the prominent figures of Nepalese literature. The following list is in no particular order:
  • MaHako MA
MaHako Ma is a memoir by comedian and actor Madan Krishna Shrestha, one of the most talented and popular figures of the country. Shrestha’s autobiography traces his life from childhood to his partnership with Acharya and his personal reflections. Shrestha recounts his childhood, initial struggle as an actor; his inter-caste marriage, his struggle with Parkinson’s disease, his wife’s cancer and more. The book takes its reader on a roller coaster of emotions from pain, suffering, laughter and jealousy to sympathy. The book, written over six years, provides a peek into the life of this extraordinary figure.
  • China Harayeko Manche
China Harayeko Manche a.k.a. Hari Bansha Acharya is one of the most recognizable personalities of Nepal. As one-half of the famed Maha Jodi, Acharya has contributed a lot in the field of Nepalese entertainment industry. In this autobiography, Acharya has skilfully depicted his life as a child, the hardships, his rise to fame and struggles later in life. Full of humor and struggle, this book gives a valuable insight into one of Nepal’s favorite sons 
  • Priya Sufi

  • Priya Sufi is a motivational story about sisters. Considering the rise in suicide rates, I have also tried addressing the issues related to suicide. I hope to enlighten the youths about the true aspects of living.”

  • Palpasa Café
Narayan Wagle’s Madan Puraskar winning Palpasa Café is a gripping tale set during the Maoist Civil War. It portrays a vivid and horrifying description of the insurgency period and its effect on the common people. The horrors of the civil war feel life-like in this novel. The stakes are very real which adds to its authenticity. Furthermore, it is a story of a struggle for love in the midst of chaos.
  • Sirish Ko Phool
One of the most acclaimed books by a Nepalese writer, Sirish Ko Phool by Parijaat follows the life of Suyogbir, an ex-army man who fought against the Japanese soldiers in the Second World War.Parijat deftly tells the story of Suyogbir’s life during and after the war and the consequences of his activities. As Suyogbir deals with horrors from his past, he falls in love with Sakambari. However, this does not end well (you have to read to find out why). Set in Kathmandu and Japan, this is a tragic tale of love and loss.
  • Seto Bagh
Seto Bagh is a historical biographical fiction that revolves around the life of Jagat Jung Rana, the eldest son of Jung Bahadur Rana. The novel set around the time of Jung Bahadur’s fall from power is, in the core, the story of love between Jagat Jung and the princess, the daughter of King Surendra Bikram Shah. Beyond love, however, this is a story of the struggle for power. As such massacre, bloodshed and betrayal are commonplace. This masterpiece by Diamond Sumsher takes you back in time.
  • Radha
Radha is a metaphysical novel that starts with a real-life situation and delves into the world of fiction. In this novel, Krishna Dharabasi tells the story of Mahabharata from the perspective of Radha, who traditionally just serves as a love interest to Lord Krishna. Told from a female eye, Radha is a ground-breaking novel whose plot resembles the situation of Nepalese women. With Radha, Dharabasi brings to life the Radha that was, for so long, suppressed and negated by our culture. Here, unlike in the Mahabharat, Radha exists on her own.
  • Jaye Bhundi
A collection of 10 satirical essays including Jaye Bhundi, Mapain, Neta Number Ek Saye Ek, Bramha Ji Ko Prayogshalabata and several others, Jaye Bhundi transcends time. Its satirical prowess, humor and style are unrivaled to date. With Bhairav Aryal’s unique brand of satire and humor, Jaye Bhundi is one of the greatest books to come out of the Nepalese literary scene. Full of “Laugh Out Loud” moments and quotable lines, Jaye Bhundi is one book you will never get enough of. Those of you who have read Jaye Bholi and Aalu during your school years know what I am talking about.
  • Muna Madan
Muna Madan is an epic, which describes the life of Madan, a young man who leaves his wife and family behind and goes to Lhasa to earn a living. It depicts his struggles in Lhasa and that of his family back home. Furthermore, the worthlessness of his struggles makes the story even more jarring. It is a tragic story of love and sacrifice. The story which is as relevant today as it was during its publication is considered to be the greatest work of Laxmi Prasad Devkota.
  • Jeevan Kaada Ki Phool
A winner of the prestigious Madan Puraskar, Jeevan Kaada Ki Phool, is the autobiography of Jhamak Kumari Ghimire who was born with cerebral palsy. This book tells the story of her struggles in life due to her disability and how she overcame it to become a successful figure in Nepalese literature. Ghimire who, as a child, was doubted by everyone including family and friends, and was subjected to discrimination soulfully recounts her childhood struggles. A powerful story of struggle and perseverance, this one will have you inspired.

  • Nyaya

Former Chief Justice Sushila Karki’s autobiography, Nyaya, was launched amid a function at Radisson Hotel in the Capital on Saturday. Karki is the first Nepali woman to hold the post of chief justice.
The launch event included esteemed personalities such as former vice-chancellor of Tribhuvan Univeristy  Kedar Bhakta Mathema, senior orthopedic surgeon and activist Govinda KC, senior advocate Surendra Bhandari, and democratic activist Durga Subedi.
  • Lu
Lu follows a young boy named Elaiya, who supposedly dies right at the beginning of the novel. As the story unfolds, the readers are taken through the highs and lows of Elaiya’s life. Through the mischievous Elaiya, Nayan Raj Pandey deftly portrays the devastating storms  (Lu) faced by the people living around the southern border of Nepal. Both heart wrenching and hilarious, this book highlights the issues of border encroachment, the meddling in the lives of people by Indian police forces and gangsters, issues concerning inter-religious marriages, economic struggles, draught and lu (hot wind). This is an eye-opener in many ways.
  • Summer love
Summer Love is an endearing tale. You sympathize with Atit and question Saya’s choices, even though a certain part of you feels she must’ve had her reasons. It is a story of fleeting love between young people who, perhaps, seek more than they could ever hope to achieve.
  • Seto Dharti
Amar Neupane’s Seto Dharti, the winner of 2012 Madan Puraskar, follows Tara and her struggles. Tara is a simple village girl who is married at the young age of seven. She is soon widowed after her husband dies in Benaras during his studies and is bound to live the rest of her life as a widow. Following the death of her husband, Tara returns to her paternal home and tries to erase the painful memories of the past. However, what follows is even more struggles. Set during 1850-1950 when child marriage was commonplace in Nepal, this novel portrays the bitter realities of Nepal during that period..
  • Karnali Blues
Buddhi Sagar’s Karnali Blues depicts a story of a father’s struggles seen through his son’s eyes. It is a journey of a boy from childhood to adulthood and that of his altering view towards his father. The book takes the readers on an emotional roller coaster as the father-son relation face the test of time and age. Set in the Karnali region of western Nepal, it portrays the hardships faced by the people of the region.

Saturday, October 13, 2018

Paul Simon: Fathers, Sons, Troubled Water

Express Newspapers/Getty Images
Paul Simon with his son Harper, June 7, 1973
Paul Simon has always sat uncomfortably alongside his boomer contemporaries. A more bookish Bob Dylan, less prolific and mythic; not as New Jersey as Bruce Springsteen; not as California, but more New York than, Joni Mitchell; more acerbic than the Beatles and more of a hippie than Randy Newman. His emotive, androgynous tenor and sensitive, imagistic songwriting have sustained a sixty-year career in American pop music that came to a close in September with three farewell concerts in New York City and, tonight, October 13—Simon’s seventy-seventh birthday—a nineteenth appearance on Saturday Night Live.
Unlike many entries in the classic rock pantheon, Simon made his best work after the 1960s, only once he’d left behind the act that made him famous. Over the twenty-year span comprising his middle age, from 1970’s Bridge Over Troubled Water (his last record with Garfunkel) to 1990’s Rhythm of the Saints, Simon put out eight albums charting the course of a thoughtful—or neurotic—voyage through maturity. A consummate adult rather than a perpetual teenager, he sang about the compromises of apartment living, the journey through sobriety, divorce, breakdowns, second marriages, second divorces, fatherhood, depression, baseball. At their best, his songs have an erudite lyrical grace that had developed from a tendency to pretension in his early folk records and would shade in his later albums into mystic mumbo-jumbo.
But in the 1970s and 1980s, in the middle of his career, was a studied oddness, an attention to the unexpected detail: “It was in the early morning hours when I fell into a phone call / Believing I had supernatural powers I slammed into a brick wall.” How better to describe a cavalierly self-destructive phone call? He evoked the fragility of aging and losing with an astonishing wordiness that could somehow transform a syllabic pileup into a long exhale. On getting sized up at the “cinematographer’s party” that’s the staging ground of “I Know What I Know”: “I guess she thought / I was alright / Alright in the sort of a limited way / For an off night.” Or the “one and one half wandering Jews” (actually Paul and Carrie Fisher, breaking up—again) who “resume old acquaintances / Step out occasionally / And speculate who had been damaged the most” in “Hearts and Bones.”
Like many people born in the 1980s, I first heard Paul Simon in a car with my dad. Graceland was the album for boomer parents on road trips with their children. In my case, it was a little on the nose: my dad would play Simon’s albums, suffused with second marriages and children, as he picked up my brother and sister and me for his custodial weekend. Graceland and Rhythm of the Saints came out in 1986 and 1990 respectively, which was solidly in the middle of the millennial birth cohort, as our parents were navigating the onset of middle age. Unlike silly songs for children by, say, Raffi, or maudlin songs for parents like Dylan’s “Forever Young” or Cat Stevens’s “Father and Son”—two ballads eager to preserve their singers’ sons in amber—Simon had genuinely intergenerational appeal. He shared with us young passengers the joyful and terrible news of adulthood with patty-cake rhymes (“mama pajama,” “drop off the key, Lee”) and jaunty rhythms, scored by a panoply of ludicrous and wonderful-sounding instruments—from the hooting cuíca in “Me and Julio Down by the Schoolyard” to the triumphant parade drums of “The Obvious Child.”
Not that the depressive Simon lacked for sentiment and sadness. But where, say, Billy Joel’s “Piano Man” is a bar-room song about bar-rooms, “Slip Slidin’ Away” is a soft-rock lullaby with delicate country harmonies from the Oak Ridge Boys about how everyone we love will leave us, or we them. This melancholy went over my head as a child, or maybe made a down payment in order to take up residence later, but I was nonetheless captivated by the gentle melodies and, especially on Graceland, the menagerie of bizarre characters: the human trampoline, the baby with the baboon heart, Fat Charlie the Archangel.
It was perhaps a little odd, on my sixth Christmas, that I asked for the Simon greatest hits tape Negotiations and Love Songs, but oblige my father did, and lie on the floor by our boombox I would, listening to “Still Crazy After All These Years” and “St. Judy’s Comet” until the tape wore out. My dad seemed happy to have something to bond over; I was. I can’t say if it ever happened just like this, but what I remember about 1991 is “Graceland” playing from the Toyota Tercel’s speakers while Dad drove us to the roof of a parking garage in Rutland, Vermont, to look out over the town below.

And so it was that I found myself with my dad this past September standing in line—bizarrely, several places in front of Louis CK—waiting to get into Madison Square Garden for the first of the final three shows of Simon’s career. Simon is now seventy-six, my father sixty-seven. Dad has spent the last several years drifting rightward—I supported Bernie and Hillary, he Trump, and we have fought about the crimes and callousness of this administration on and off ever since. Simon most recently re-entered national consciousness as, first, the troubadour behind “America,” which Bernie Sanders used as his campaign song in 2016, bringing some 1960s countercultural legitimacy to a latter-day socialist’s presidential run; and then as the featured performer at the dispiriting Democratic National Convention that same year, where he played “Bridge Over Troubled Water” in an apparent attempt to knit together the fractured left coalition.
“Bridge” is the biggest hit of Simon’s career, a paean to friendship that won five Grammys, sold more than six million singles, and entered the American standard songbook with covers by dozens of artists, including, of course, a definitive version from Aretha Franklin. At Madison Square Garden, in the conciliatory mood of a retiree, he praised Aretha’s “Bridge,” before launching into what he called his “reclamation” of the song. Ever the adventurous bandleader, in addition to Mark Stewart, his touring guitarist for years, and Bakithi Kumalo, the original bassist from Graceland, Simon was backed by yMusic, a Brooklyn-based chamber ensemble that provided bracing and lovely Philip Glass-like arrangements for some of his deeper cuts. (This collaboration grew out of In the Blue Light, Simon’s final album, out this year, which is a George Lucas-esque revisiting and rearranging of ten songs from his back catalog, featuring yMusic, Wynton Marsalis, a number of other new collaborators, and several unwelcome changes to his lyrics.)
The audience, three-to-one boomers to millennials, was joyful throughout, happily standing up and sitting down with the rhythm of churchgoers as Simon alternated between his ballads and up-tempo numbers like “You Can Call Me Al” and “Late in the Evening.” Before “Rene and Georgette Magritte with Their Dog After the War,” whose title came from a photograph in a book he spotted at Joan Baez’s house, he said hello to Baez herself, sitting below the luxury suites, and asked why she didn’t have better seats. During “Sound of Silence,” a handful of people waved their phones like lighters. Out of modesty, or possibly refinement, everyone else seemed reluctant to join in.

Zimon acknowledged, obliquely, the connection between this historical moment and an earlier presidential crisis when he introduced the penultimate song of his set, “American Tune,” a Nixon-era lullaby about perseverance, or maybe about reassurance. “Don’t give up,” he implored the audience before he sang the song, whose second verse is:
And I don’t know a soul who’s not been battered
I don’t have a friend who feels at ease
I don’t know a dream that’s not been shattered
or driven to its knees
But it’s alright, it’s alright
We’ve lived so well so long
Still, when I think of the road
we’re traveling on
I wonder what went wrong
I can’t help it, I wonder what went wrong.
It was evocative, certainly, but not reassuring; it sounded hollow in the center of a stadium concert venue among a crowd of happily vaping boomers. Who has lived so well so long?
Simon has always been more comfortable in the minor key—the major resolution of the song “Graceland” can’t compare to the moment he slip-slides into the minor after Carrie announces their divorce: “As if I didn’t know that / As if I didn’t know my own bed.” It is perhaps worth remembering that when they accepted their Grammy for Best Song for “Bridge Over Troubled Water,” Simon and Garfunkel had already broken up several months before; or that, in 2016, three months after Simon urged DNC attendees to “lay me down,” Hillary Clinton would lose the presidential election.
After the concert, my dad and I found a rooftop bar near Madison Square Garden, and looking out over the streets of midtown, we talked about our favorite Simon songs (“Graceland,” “Crazy Love, Vol. II,” “She Moves On,” “Mother and Child Reunion,” “Nobody,” “Rene and Georgette Magritte”) and about the first time he saw Simon and Garfunkel in concert, in 1967 at a college in Cleveland, sitting on foldout rafters.
The next morning, outside Penn Station, we fought about the Supreme Court.

Harry and Meghan's life in royal spotlight

PRINCE HARRY AND MEGHAN MARKLE'S PUBLIC APPEARANCES
2017
AUGUST
After Harry and Meghan celebrated her 36th birthday in Botswana, the rumour mill was buzzing the pair were engaged.
SEPTEMBER
Attending the opening ceremony of the Invictus Games in Toronto, Canada, the couple kept up with royal protocol and were seated about 18 chairs apart.
NOVEMBER
Harry and Meghan appeared before the press at the Sunken Garden at Kensington Palace, one of Princess Diana's favourite spots. It was their first public appearance since the announcement of their engagement. Harry told reporters he knew Meghan was "the one" from "the very first time we met."
DECEMBER
Harry officially introduced his bride-to-be in Nottingham, a UK city close to his heart - where hundreds of well-wishers gathered to catch a glimpse of the happy couple who were making an appearance at a World Aids Day event.
Meghan made her first public appearance with the Queen when she joined the British royal family for mass on Christmas Day. Her fiance and other senior members of the royal family were also in attendance.
2018
JANUARY
Fresh from celebrating the new year in Monaco, Harry and Meghan made their first official public appearance of the year together visiting youth radio station Reprezent Radio in Brixton, South London.
MARCH
To mark International Women's Day the couple were in Birmingham visiting Millennium Point. The event was aimed at encouraging young women to study stem subjects like science and maths.
APRIL
After the Queen appointed Harry as Commonwealth Youth Ambassador, he was joined by Meghan at the Commonwealth Heads of Government Meeting (CHOGM) in London. Meghan said she was "hugely excited" to accompany her fiance in his duties.
Former prime minister Malcolm Turnbull met with the royal couple in London where he presented them with special jackets ahead of the Invictus Games. Mr Turnbull praised Harry for his role in creating the special sporting event and promised a "rapturous" welcome in Sydney.
MAY
Prince Harry and Meghan married at St George's Chapel, Windsor in front of 600 guests
The Duke and Duchess of Sussex made their first post-wedding appearance at a garden party at Buckingham Palace to honour Charles' 70th birthday and his charity work.
JUNE
Harry and Meghan passed another royal milestone marking the Queen's official birthday on Buckingham Palace's balcony. The pair took their places among four generations of the royal family after the Trooping the Colour ceremony.
JULY
Continuing his duties as Youth Ambassador, Harry attended Your Commonwealth Youth Challenge reception at Marlborough House in London. He was accompanied by Meghan who emanated warmth in a bright yellow dress.
Tourists and students flocked to the Irish capital's Trinity College in Dublin, where the royal duo made their first official overseas trip as a married couple.
AUGUST
The Prince and his wife attended a performance of the hit musical Hamilton in central London. The event raised money for a charity helping children affected by HIV in southern Africa.
SEPTEMBER
Paying a visit to the Wellchild Awards, Meghan and Harry took time to speak with some of the children with serious illnesses who were nominated for their achievements.
OCTOBER
The couple embarked on their first trip to Sussex since they were made Duke and Duchess of the southern English county. The visit included a viewing of a copy of the US Declaration of Independence from the British crown.

बास्तोलाको पार्थिव शरीर १ बजेपछि पार्टी कार्यालयमा, आजै अन्त्येष्टि

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ ।
शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित निवासमा राखिएको छ । मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ ।
१४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।
२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।
जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित
यसैबीच, नेपाली कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने आइतबारको कार्यक्रम स्थगित गरेको छ । पार्टी नेता तथा पूर्वमन्त्री बास्तोलाको निधन भएपछि कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।
मुख्यसचिव पौडेलले ज्ञापनपत्र बुझाउने कार्यक्रम हाललाई स्थगित भएको जानकारी दिँदै पछि तय गरिने बताए ।

Friday, October 12, 2018

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचो

२७ असोज, काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।
सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।

Wednesday, October 10, 2018

अशक्त दाजुभाइको निवासमा फेवा फुलबारी

“शारीरिक दुर्वलतामा हाम्रो आत्मियता” नारालाई आत्मसात गर्दै लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखरा–१३, विजयपुर, डिहि गाउँ निवासी  अत्यन्तै बिपन्न परिवारका शारीरिक रmपले पूर्ण अशक्त दाजुभाइ क्षेत्र बहादुर नेपाली वर्ष ३१ र शिव कुमार नेपाली वर्ष २६को निवासमा क्लवका अध्यक्ष ला.संजय बस्नेतको अध्यक्षतामा कार्यक्रम गरि परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरियो । कार्यक्रमका प्रमुख अतिथि क्लवका अभिभावक ला. कृष्ण आचार्यले ती महान दिदी सीता कुमारी नेपाली जसले आफ्ना सम्पूर्ण रहरहरु त्यागेर विगत ३१ वर्ष देखि आफ्ना अशक्त भाइहरुलाई गरेको रेखदेख र ला
यन्स क्लव अफ पोखरा फेवा फुलबारीको यो मानवीय कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नुभयो। कार्यक्रमको सञ्चालन क्लवका तृतीय उपाध्यक्ष ला.कुन्दन पौडेलले गरेको जानकारी कल्वका जनसम्पर्क अधिकृत ला. ईश्वर खड्काले जानकारी दिए ।

बडादशैं, बिग एफएमसँगै, ‘महा–आजिजा’ लाई कालीगण्डकी अक्सिजन ग्याँसको साथ


पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो “महा आजिजा” गर्ने भएको छ । “पैसाको खेल रेडियोमा” भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको “महा आजिजा” लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।
रेडियो गेम शो “महा–आजिजा” अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । “सहभागीहरुले २० हजार सम्म जित्न सक्छन् ।” कार्यक्रमको बारेमा प्रस्ट्याउँदै बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले भने–“सहभागीहरुलाई ६ दिनसम्म विभिन्न चरण गरेर खेलाईनेछ ।” प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए ।
गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा क्रमशः पैसा जित्दै जानेछन् । “स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो । त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र बिग एफएमसंगै दशैँ मनाउन चाहने स्रोता तथा शुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ।” तिवारीले भने । 
६ दिनसम्म चल्ने रेडियो गेम शो “महा–आजिजा” हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आउको छ । 
यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । प्रालिका कार्यकारी निर्देशक माधव बस्ताकोटी र एफएमका मार्केटिङ म्यानेजर अनिशा नेपालीबीच सो सम्झौतामा हस्ताक्षर भयो । 

कार्यकारी निर्देशक बस्ताकोटीले बिग एफएमसँगको सहकार्य निरन्तर रहेको जानकारी गराउँदै ठूलो इभेण्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘यस सहकार्यले हाम्रो कम्पनीको प्रवद्र्धनका साथै श्रोतासँग समेत चाडपर्वमा प्रत्यक्ष जोडिने मौका मिलेको छ।’ बस्ताकोटीले भने । 
पोखरा औद्योगिक क्षेत्रमा प्रधान कार्यालय रहेको प्रा.लि.को डिपो नयाँबजार प्रदर्शनी केन्द्र गेट नजिकै रहेको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस प्रालिमा मेडिकल एवं औद्योगिक ग्याँसका अतिरिक्त आर्गन, कार्बनडाइअक्साइड, डीए ग्याँस, नाइट्रोजन, एमोनिया र नाइट्रोस अक्साइड ग्याँस समेत उपलब्ध छ । ९९ प्रतिशत भन्दा माथिको शुद्धता र फुल फ्रेशर सिलिण्डर, चौबिसै घण्टा सेवा एवं डेलिभरीको व्यवस्था रहेको छ। गण्डकी धौलागिरीका विभिन्न शहर गोरखा बजार, आँबुखैरेनी, बेशीशहर, दमौली, डुम्रे, खैरेनी, कुश्मा, बाग्लुङ र स्याङ्जामा समेत डिपो रहेको छ ।

Tuesday, October 9, 2018

दशै तिहारको अचम्मको शुभकामना | samata school | Student | Mandala Art

पोखरा लेकसाइडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक पक्राउ

पोखराको लेकसाईडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक पक्राउ परेका छन् । सेदी खहरेमा पोखराका शिव श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।


<script data-cfasync='false' type='text/javascript' src='//p319139.clksite.com/adServe/banners?tid=319139_621700_4'></script>
घटनामा संलग्न इडर डोमिनिक९पासपोर्ट नम्बर ३०७१६७१० लाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । घटनापछि उनी फरार थिए । सेदीकै एक होटलमा लुकेर बसेको अवस्थामा बैदाम प्रहरीले फेला पारेको थियो । दुई रातसम्म खोजी गर्ने क्रममा उनलाई सोमबार बेलुकी साढे ७ बजेतिर पर्खाल नाघेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरी बताउँछ ।

छुरा प्रहारबाट घाईते ४० वर्षीय श्रेष्ठको पोखरा स्थित चरक अस्पतालमा आइसियूमा उपचार भैरहेको छ । सामान्य अनुसन्धानबाट लेनदेनको घटना हुन सक्ने अुनमान गरिएको छ ।

अष्ट्रियन नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

भुटानमाथि नेपालको सहज जित

टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।
प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो 
भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।
यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।
नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले ।
दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे ।
ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

सवा ३ करोड एन्ड्रोइड मोबाइलमा गुगल क्रोम नचल्ने

आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।
यद्यपि यो समाचारबाट सबै एन्ड्रोइड प्रयोगकर्ता तर्सिनु पर्दैन । किनकी गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।
यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।
यदि तपाइँसँग एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टमवाला फोन छ र क्रोमले काम गर्न छाड्यो भने इन्टरनेट चलाउन कुन ब्राउजर प्रयोग गर्ने भन्ने सोँचमा हुनुहुन्छ भने चिन्ता गर्नुपर्ने कारण छैन । किनकी यूसी ब्राउजर, ओपेरा मिनी तथा फायरफक्स जस्ता ब्राउजर मज्जाले चल्नेछन् ।
स्मरणीय छ, गुगलले सन् २०१२ को जुलाई १० मा एन्ड्रोइड जेली बिन लञ्च गरेको थियो । गत केही महिना अघि गुगलले आफ्नो सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोइड पाई नाइन सार्वज्निक गरेको छ ।
गुगलले आफ्नो अपरेटिंग सिस्टममा लगातार विभिन्न परिवर्तन गर्दै आएको छ । केही दिनअघि मात्र गुगलले एन्ड्रोइड फोनको युट्युब एपका लागि डार्क मोड जारी गरेको छ ।

Monday, October 8, 2018

मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

१८ असोज, काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।
बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।
आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशतमात्र छन् ।
सर्वेक्षण गरिएकामध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन् । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल छ । यो नेपालभन्दा ११ प्रतिशतले कम हो ।
नेपालमा मोबाइल प्रयोगकर्ता शहरकामात्र होइन गाउँका जनता पनि लगभग उत्तिकै छन् । सर्वेक्षणका अनुसार शहरी क्षेत्रमा ७६ प्रतिशतसँग मोबाइल छ भने गाउँमा ६५ प्रतिशतको हातमा मोबाइल छ ।
नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।
अझ रोचक तथ्यांक चाहिँ के छ भने, नेपालमा सून्य आय भएका ६५ प्रतिशतसँग मोबाइल फोन छ । यसको कारण भनेको परिवारका सदस्य वैदेशिक रोजगारी र शहरी क्षेत्रमा हुनु र उनीहरुले घरमा कुरा गर्नका लागि मोबाइल उपलव्ध गराउनु रहेको हुनसक्ने विज्ञहरुको तर्क छ ।
मोबाइल प्रयोगकर्ता नेपालीमध्ये ५२ प्रतिशतसँग स्मार्टफोन छ भने ४० प्रतिशतसँग कुरामात्र गर्न मिल्ने आधारभूत फोन छ । जबकी स्मार्ट फोन उत्पादन हुने भारतमा भने २८ प्रतिशतसँगमात्र स्मार्टफोन रहेको सर्वेक्षणमा देखिएको छ ।
स्मार्टफोन प्रयोगकर्तामध्ये ४७ प्रतिशत ग्रामिण भेगका छन् । तीमध्ये करीव ६५ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । ६० प्रतिशत नेपालीको पहुँच सामाजिक सन्जालमा रहेको छ । तीमध्ये ५८ प्रतिशतले सामाजिक सञ्जालमार्फत समाचार पढ्ने र हेर्ने गर्छन् ।
नेपालमा ७७ जिल्लाका २ हजार परिवारमा पुगेर अन्तर्राष्ट्रिय विधिअनुसार सर्वेक्षण गरिएको सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । यसक्रममा १५ देखि ६५ वर्ष उमेर समूहका ३८ हजार व्यक्तिसँग कुराकानी गरिएको थियो ।
Source : Online khabar

Sunday, October 7, 2018

सिके राउत रौतहटबाट पक्राउ

स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउत रौतहटको गौरबाट आइतबार पक्राउ परेका छन्।रौतहटमा प्रहरीले राउतलाई दिउँसो जिल्ला अदालतबाट फर्कदै गर्दा पक्राउ गरेको हो।
राउत दिउँसो  आफ्ना समर्थकका साथ एकसय भन्दा बढी मोटरसाइकल र्याली लिएर अदालतमा पुगेका थिए।
उनी पुरानो मुद्दाको शिलशिलामा रौतहट  जिल्ला अदालतमा हाजिर हुन पुगेका हुन्।  यसअघि पनि सिके राउत विभिन्न जिल्लामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए।
रौतहटमा प्रहरी प्रमुख एसपी केदार ढकालले राउतलाई पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए।एसपी ढकालले भने, ‘डा. सिके राउतलाई राज्यविरुद्धको कसुर अन्र्त
गत पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ।’
प्रहरीले राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ। उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ।
सिके राउतलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका उनका समर्थकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ।

थाइल्याण्डमाथि नेपालको शानदार जित : सन्दीपले लिए पाँच विकेट

काठमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । 
आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४० रनको जित दर्ता गरेको हो । पहिलो ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको चुनौती दिएको थियो । 
लक्ष्य पछ्याउने क्रममा आठ ओभर खेल्दा थाइल्याण्डको इनिङ धरापमा परेको थियो। नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट, करण केसी तीन र ललित राजभण्डारीले एक विकेट लिए । 
१७३ रनको लक्ष्य पछ्याएको थाइलाण्डले ८.५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १८ रनमात्र जोड्न सक्यो । पानी परेपछि रोकिएको खेलको निर्णय डीएल पद्धतिबाट भएको हो ।
नेपालको जितका लागि अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले थाइल्याण्डविरुद्ध समेत उत्कृष्ट प्रदर्शन गरेका हुन्। 
शनिबार आयोजक मलेसियाविरुद्धको खेलमा सन्दीपले पाँच विकेट लिँदा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा बुधबार सन्दीपले म्यानमारको चार विकेट लिएका थिए। सन्दीपले चार विकेट लिँदा आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई आठ विकेटले नै पराजित गरेको थियो।
मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो । 
आठौँ क्रममा आएका करण केसीले १४ बलमा शानदार ४० रन बनाएका हुन् । उनले त्यसक्रममा लगतार तीन छक्का प्रहार गरे । नटआउट रहेक उनले ४ छक्का र २ चौका पनि हाने ।
त्यसैगरी नेपालका लागि शरद भेषावकरले २८ बलमा ३४ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३० रन बनाए भने ओपनर अनिल साहले २५ रनको पारी खेले ।
थाइल्यान्डका लागि पायुपुथ सुङ्गार्दले सर्वधिक ४ विकेट लिए । उसका लागि भिचनाथ सिंहले पनि दुई विकेट लिए ।  

Saturday, October 6, 2018

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २० असोज / राष्ट्रिय परीक्षा बोर्डले (NEB class 11 result) कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिबार सार्वजनिक
गरेको छ । नियमिततर्फ  १ हजार एक सय १५ जना विद्यार्थीले जीपीए ३.६५ देखि ४ सम्म ल्याएका छन् । आठ हजार नौ सय
४९ ले जीपीए ३ देखि ३.६० ल्याए, जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २
ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ
हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजा http://neb.ntc.net.np/ मा हेर्न सकिने छ ।
www.moe.gov.np
www.soce.gov.np

आज प्यालेस्टाइनविरुद्ध खेल्दै, दबाबमा नेपाल

काठमाडौं  : बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध मैदानमा उत्रँदा नेपालले मुस्किल चुनौतीको महसुस गर्नेछ । किनभने प्यालेस्टाइनविरुद्धको यही खेलसँग प्रतियोगितामा नेपालको भविष्य जोडिएको छ । साबिक विजेता नेपाललाई सेमिफाइनल यात्रा तय गर्न कुनै पनि अवस्थामा प्यालेस्टाइनलाई पराजित गर्नुपर्ने बाध्यता छ । बराबरी वा पराजयको नतिजाले प्रतियोगितामा नेपालको यात्रा समूहगत चरणमै रोकिने निश्चित छ ।
यद्यपि शनिबारको खेल अघि प्यालेस्टाइन आफूविरुद्धको विगत र जारी प्रतियोगिताको प्रदर्शनका आधारमा नेपालका लागि निक्कै कठिन प्रतिद्वन्द्वी देखिएको छ ।
समूह एमा प्यालेस्टाइनसँगै ताजकिस्तानले तीन÷तीन अंक बटुलिसकेका छन् । आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग २–० गोलले पराजित भएको नेपाल समूहमा अंकविहीन छ । बिहीबार भएको खेलमा उही ताजकिस्तानलाई २–० गोलले पराजित गर्दै प्यालेस्टाइनले महŒवपूर्ण तीन अंक जोडेको हो । त्यसैले पनि शनिबार निर्णायक खेलमा बलियो प्यालेस्टाइनलाई पराजित गर्दै प्रतियोगितामा उपाधि रक्षा गर्ने अभियानलाई जीवित राख्न नेपाललाई निकै मेहनत गर्नुपर्ने देखिएको छ ।
सन् २०१६ मा उपाधि जित्दा पाउनुपर्ने पुरस्कार रकममध्ये २५ हजार डलर बंगलादेश फुटबल संघले दिन ढिला गरेपछि निक्कै छोटो तयारीमा प्रतियोगिता खेल्न गएको नेपाल ताजकिस्तानसँगको खेलमा नै कमजोर देखिएको थियो । त्यसका साथै जारी प्रतियोगितामा प्यालेस्टाइनले सशक्त प्रदर्शन गरिरहेको छ भने विगतको नतिजाले समेत नेपाललाई कमजोर प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरेको छ ।
नेपालले यसअघि एसियाली फुटबल महासंघ (एएफसी) च्यालेन्ज कपअन्तर्गतका खेलहरूमा प्यालेस्टाइनसँग तीन पटक काठमाडौंमै प्रतिस्पर्धा गरेको छ । यद्यपि यी तीनै खेलमा नेपाल प्यालेस्टाइनसँग जित निकाल्न असफल रहँदै आएको छ । नेपालले सन् २००९ र सन् २०१४ मा एएफसी च्यालेन्च कपको छनोट प्रतियोगितामा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दा दुवै पटक गोलरहित बराबरीको नतिजा निकालेको थियो । यद्यपि सन् २०१२ मा च्यालेन्ज कपको अन्तिम चरणको प्रतियोगितामै प्रतिस्पर्धा गर्दा भने नेपाल प्यालेस्टाइनसँग २–० गोलले पराजित भएको थियो ।
आफ्नो खराब इतिहासलाई मेटाउन मात्रै हैन, प्रतियोगितामा उपाधि रक्षाको अभियानलाई जारी राख्न पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरीयतामा आफूभन्दा ४० स्थान माथि रहेको प्यालेस्टाइन (१००) विरुद्ध नेपाललाई सशक्त प्रदर्शन गर्न आवश्यक देखिएको छ ।
Source : Annapurna Post