Friday, January 25, 2019

सिमेन्ट वालुवा वोक्ने यात्रुवस कार्वाहीमा

सराङकोट साप्ताहिक

यात्रु वसमा सिमेन्ट वालुवा वोकेको भन्दै यात्रुले गुनासो गरेपछि कास्की ट्राफिकले २ वटा वसलाई कारवाहीको सिफारिस गरेको छ । सोमवार दिउँसो पोखरावाट आर्थर डाँडाखर्क जाने वस र दरौं सिरुवारी जाने वसमा सिमेन्ट, वालुवा र सटिङका काठहरु हालेर गइरहेका वसलाई छोरेपाटन स्थित ट्राफिक प्रहरी पोष्टले फेला पारेपछि कारवाही प्रकृया अगाडि वढाइएको छ।
वसमा सवार यात्रुले निर्माण सामग्री हालेको कारण असहज महसुस गरी सराङकोट साप्ताहिकलाई गुनासो गरेका थिए । यात्रुको गुनासो वारे यथार्थ छानविन गर्न ट्राफिक पोष्टलाई जानकारी गराए लगत्तै ट्राफिकले वस रोकेर चेक जाँच गर्दा भवन निर्माण सामग्री लोड गरिएको अवस्थामा फेला परेका थिए । यात्रु वसमा लादिएका १५ वोरा सिमेन्ट १५ वोरा वालुवा , छड र सटिङका समान झारेर वसलाई गन्तव्य तर्फ पठाइएका र कागजपत्र नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि यातायात पठाइने कास्की ट्राफिक प्रमुख इन्सपेक्टर मुरारी मिश्रले वताए ।
सवारी तथा यातयात सम्बन्धि नियमानुसार प्रयोजन विपरित काम गर्ने सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ । त्यसका अलावा सुरक्षा खतरा अन्तर्गत पनि कारवाही हुन सक्ने अवस्था आउने ट्राफिक प्रहरीले वताएको छ । उक्त कानून वमोजिम कारवाही भएमा ३ महिनासम्म वाटो इजाजत पत्र निलम्वन हुन सक्ने वताइएको छ ।
यात्रु वाहक सवारीले पैसा कमाउन समान वोक्ने, ट्रक, ट्याक्टरहरुले मान्छे वोक्ने, ट्रकले घुम्ती रेष्टुरा चलाउने, भ्यानले कपडा पसल चलाउने जस्ता कार्य प्रयोजन विपरित संचालन भित्र पर्छन् । ट्राफिक प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न चेक जाँच कडाई गर्न जरुरी देखिन्छ ।

No comments:

Post a Comment