यदुनाथ बञ्जारा
पोखरा महानगरपालिका पटक पटक विवादमा आइरहने स्थानिय सरकार हो । पर्यटकीय सहर पोखरा प्रचुर सम्भावना वोकेको शहर हो । यसको योजनावद्ध विकास र विधिका शासन स्थापित गर्ने गराउने तर्फ सरोकार वाला समुह जवाफदेही वन्न जरुरी छ ।
पोखरालाई व्यवस्थित सहर वनाउने भन्ने वित्तिकै यहाँको भौतिक विकासको कुरा आउंछ । भौतिक निर्माण लाई योजनावद्ध विकासको खाकामा राख्ने काम अव ढिला भइसकेको छ । वचेखुचेका जग्गा जमिन पनि कंक्रिटको शहर वन्न वलिवेदीमा चढिसकेका छन्, भौगोलिक रुपमा कमजोर मानिएको पोखरालाई ठाउँ अनुुसारको विकासको आवश्यकता रहेको छ ।
पटक पटक गरिएका सर्वे र मापदण्ड निर्धारण कार्यदलको नतिजा परिणाममुखी हुन सकेको छैन । जननिर्वाचित सरकारको गठन गरेको शहरी मापदण्डका संयोजक डा. भरतराज पहारी आफु र आफ्नाहरुको पृष्ठपोषण हुने गरी प्रतिवेदन ल्याउँदा ल्याउँदै भ्रस्टाचारमा मुछिए । उनले लेकसाइडका घर अग्ला वनाउन केन्द्रीत देखिए । यसवाट समग्र पोखरा र आम पोखरेलीको हित देखिएन । त्यसपछि वनाइएको कार्यदलले सेती गण्डकी भन्दा फिर्के र कुलौरीको मापदण्ड वढाएर जनता हसाउँने काम मात्र गरेको छ । निति नियम वनाउने सहर व्यवस्थित पार्नेहरुवाट पोखरालाई खतरा रहेको छ । स्थानिय तहको सरकारको अधिकार क्षेत्रमा केन्द्रीत सरकार र प्रदेश सरकारको हस्तक्षेप वढेको छ। मापदण्ड सम्वन्धि कानुन विपरित वनेका अवैध भवन र भौतिक निर्माणलाई संरक्षण दिने कार्य भएको छ ।
केहि वर्ष पहिला याम्दी खोलाको मापदण्ड मिचेर वनाएको रेस्टुरेन्ट उद्घादन गर्न आएका पर्यटन मन्त्री आनन्द पोखरेलले याम्दी दोहनलाई संरक्षण गरे । यस्तै पछिल्लो समयमा लेकसाइडको सेदीमा विमल वसेल सहितको टोलीले १८ तल्लाको अपार्टमेन्ट वनाउने निर्णय लियो । पोखरा महानगरपालिका वार्ड नं. ६ मा सेदीको उक्त भवन वनाउन स्थानिय सरकार र पोखरा महानगरपालिका कार्यलयको स्वीकृती अनुुमति केहि पनि थिएन जुन कुरा पूर्ण अवैध हुन्छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वयम उपस्थित भई अवैध अपार्टमेन्टको उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले आफुले उद्घाटन गर्ने भवन वैध अवैध के छ भन्ने वारेमा कति पनि नसोच्नुले अराजकतालाई मलजल गरेको वृुझ्न सकिन्छ ।
यस्तै केन्द्रीय सरकार पनि स्थानिय तहमा आएर अवैध संरचना निर्माणलाई वैधता प्रदान गर्छन् । यसै हप्ता पोखरा–१० उत्तमचोकको ८ तल्ला भवनको होटल उद्घाटन गर्ने उपराष्ट्रपति आएका छन् । उपराष्ट्रपती नन्दकिशोर पुन पासाङको यो कार्यले पोखरालाई चिन्तित वनाएको छ । यसका संरक्षण पोखरालाई ध्वस्त वनाउने छ ।
No comments:
Post a Comment