Friday, October 5, 2018

चम्किए चेली : यू-१८ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। 
नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो। 
निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउमा भएको थियो। 
नेपालको जितमा गोलरक्षक रानामगरले उत्कृष्ट बचाउ गरिन्। उनले भारतका दुई खेलाडीको प्रहार बचाएकी थिइन् भने भारतीय खेलाडीको एउटा प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। नेपालको एक प्रहार बाहिरिए पनि रेखा पौडेल र गोलरक्षक अञ्जनाले गोल गरे।
यसअघि खेलको सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ गोलको बराबरी खेल्नु परेको थियो। खेलको १५ औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिएन्। पहिलो गोल गरेपछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो।
दोस्रो हाफमा भारत आक्रामक बने पनि नेपालकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन्। खेलको ६२ औं मिनेटमा भारतकी टुडु जाबामनिले फ्रि किकमार्फत बराबरी गोल फर्काएकी थिइन्।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बंगलादेशसँग २-१ ले पराजित भएको थियो। समूह चरण अन्तर्गत एक खेलमा जित र अर्को खेलमा हार ब्यहोर्दै नेपाल सेमिफाइनल पुगेको थियो। नेपालले भुटान र बंगलादेशबीचको विजेतासँग अाइतबार उपाधिकालाई प्रतिस्पर्धा गर्नेछ। 
Source: Annapurna Post

Thursday, October 4, 2018

नदिपुरमा जारी क्लव स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीतामा सात खेलहरु सम्पन्न

पोखरा भलिवल ट्रेनिङ सेन्टरद्धारा आयोजित क्लव स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीतामा आज दोस्रो दिन सात वटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ मालेपाटनले कास्की जिल्ला भलिवल ट्रेनिङ सेन्टरलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

यस्तै आजको दोस्रो खेलमा सोनिया अटो मार्टलाई पुन युनाईटेडले २–० को सोझो सेट तथा तेस्रो खेलमा पोखरा भलिवल ट्रेनिङ सेन्टर हरियोले ग्रिनहिल युवा क्लव ल्वाङलाई २–१ को सेटले पराजित गरेको छ ।

चौठो खेलमा गुर्जा खानी म्याग्दीले आयोजक पोखरा भलिवल ट्रेनिङ से
न्टर पहेलोलाई २–० को सोझो सेट तथा पाँचौ खेलमा पोखरा भलिवल ट्रेनिङ सेन्टर रातोलाई पोखरा बहुमुखी क्याम्पसले २–१ को सेटले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

आजको छैठौँ खेलमा कास्की जिल्ला भलिवल ट्रेनिङ सेन्टरले पुन युनाईटेडलाई २–१ र अन्तिम खेलमा पर्वत युनाईटेडले पोखरा भलिवल ट्रेनिङ सेन्टरलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ।

प्रतियोगीतामा भोली हुने पहिलो क्वाटर फाईनलमा शसस्त्र प्रहरीको एपिएफ मालेपाटन र पोखरा बहुमुखी क्याम्पस भिड्ने आयोजक संस्थाका अध्यक्ष गणेश घमालले जानकारी दिए । उनका अनुसार भोली नै महिला तथा भेट्रान तर्फका खेलहरु हुनेछन् ।

भोली साँस्कृतिक कार्यक्रम समेत प्रस्तुग गरिने जनाईएको छ । सेन्टरको दोस्रो वार्षीक उत्सवका अवसरमा खेलकुदसंगै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

टी-२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ आज मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसियाका लागि उड्ने कार्यक्रम छ ।
विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल पर्सी बुधबार म्यानमारसँग खेल्नेछ । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् ।
एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
मलेसियाको रेकर्ड सच्याउने अवसर
हालै मलेसियामा सम्पन्न एसिया कप छनोटमा खराब प्रदर्शन गरेको नेपाल यस प्रतियागितामा त्यसलाई बिर्सन चाहन्छ । प्रशिक्षक जगत टमाटाको भनाइमा नेपालको लक्ष्य च्याम्पियन बनेर विश्वकप छनोटमा स्थान बनाउने नै हो ।
यूएईलाई छाड्ने हो भने प्रतियोगितामा सहभागी अन्य टिम नेपालभन्दा कमजोर मानिन्छन् । तर, त्यसो भनेर नेपाल ढुक्क हुने अवस्था छैन ।
प्रशिक्षक टमाटा भन्छन्, ‘अरु टिम कस्ता छन् भन्दा पनि हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं ।
ओपनिङमा अर्को प्रयोग ?
नेपालले यसपाली टोलीको संरचनामा केही परिर्वतन गरेको छ । तीन वर्षपछि प्रदिप ऐरीले टिममा पुनरागमन गरेका छन् । उनी घरेलु टि-२० लिगमा राम्रो लयमा देखिएका थिए ।
ओपनिङमा देखिएको समस्यालाई मध्यनजर गरेर पनि प्रदिपलाई ल्याइएको हो । उनी आक्रामक ब्याटिङका लागि चिनिने हुँदा टि-२० मा राम्रो गर्न सक्ने प्रशिक्षकको विश्वास छ ।
त्यस्तै अर्का हार्ड हिटर विनोद भण्डारी पनि छन् । अनिलकुमार साह र ज्ञानेन्द्र मल्ल पनि ओपनिङका लागि उपलब्ध हुनेछन् । प्रशिक्षक टमाटाले यसपाली ओपनिङमा प्रदिप, विनोद र अनिलमध्ये दुईलाई खेलाउने सम्भावना प्रवल छ । त्यसो भएमा ज्ञानेन्द्र तेस्रो नम्बरमा आउनेछन् भने पारस चौथो नम्बरमा ।
एकदिवसीय टोलीमा पर्न संघर्षरत विनोद टी-२० फ्रेन्चाइज लिगहरुमा ओपनिङमै खेल्ने गरेका छन् । त्यसैले प्रदिप र विनोदले ओपनिङ गरे भने आश्चर्य नहुने स्रोत बताउँछ ।
‘१२० बल खेल्ने हो । त्यसैले सुरुमै हिटरहरु राख्दा फरक पर्दैन भन्ने माइन्ड सेट बनाइएको छ,’ स्रोतले भन्यो ।
चोटका कारण एसिया कप गुमाएका शरद भेषावकर पनि टोलीमा फर्किएका छन् । उनको पुनरागमनले मध्यक्रम बलियो देखिएको छ । पछिल्लो समय मध्यक्रममा खेलिरहेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल भने यसपाली टोलीमा छैनन् । उनी अन्डर १९ एसिया कप खेल्न बंगलादेशमा छन् ।
Source: Online Khabar

‘ढुक्क भएर दशैं मान्नुस्, सुरक्षा दिने हामी छौं’

१८ असोज, पोखरा । जब चाडवाड आउँछ गाउँमा चहलपहल बढ्छ, सहरमा सुनसान । चाडवाड मनाउन जाने-आउने क्रम चलिरहेने भएकाले यहीबेला कतिपय घर नै खाली हुन्छन् । चाडवाडमा घरधनी, व्यापारी लगायतलाई चिन्ता पर्छ, ‘केही त भइहाल्ने होइन ?’
यस्तै मौकाको फाइदा उठाएर चोरी, लुटपाटका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै कास्की प्रहरीले भनेको छ, ‘ढुक्क भएर दशैंतिहार मान्नुस्, सुरक्षा दिने हामी छौं ।’
कास्की प्रहरीले दशैं, तिहारजस्ता चाडवाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना नै तयार पारेको छ । चाडवाडमा विशेष सुरक्षा दिन १८ प्रकारका सुरक्षा टोली प्रहरीले तयार पारेको छ । सुरक्षा योजना सार्वजनिक गर्दै कास्की प्रहरीले भनेको छ, ‘हामी हरेक प्रकारले नागरिकको सुरक्षामा छौं, विशेष सुरक्षा टोली तयार पारेका छौं, तपाईंहरु ढुक्कले चाड मनाउनुस्, हामी २४ सै घन्टा खटिन्छौं ।’
कास्कीको सुरक्षाका लागि ५ सय ८६ नेपाल प्रहरी खटिने छन् । सशत्र प्रहरी बलबाट पनि सुरक्षाका लागि गस्तीदेखि विशेष निगरानीमा खटिने छन् भने राष्ट्रिय अनुसन्धान विभागबाट अप्रेसनमा हुने छन् ।
‘चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, लुटपाट,अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न हामी कटिवद्ध छौं’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने, ‘सहरदेखि गाउँसम्म हामीले सुरक्षा योजना तयार पारेका छौं ।’
प्रहरीले राजमार्गमा गस्तीसँगै आकस्मिक चेकिङ गर्ने भएको छ । सहरलाई सुरक्षित राख्न मोटरसाइकल गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, विशेष चेकिङ गर्ने एसपी ओम रानाले जानकारी दिए ।
प्रहरीको अर्को चेकिङ चेकिङ गर्ने तरिका छ, एम्बुसिङ । त्यस्ता क्रियाकपाल हुने क्षेत्रमा कुनै गतिविधि भइहाले कोही उम्कन नदिनका लागि एम्बुसिङ चेकिङ गर्ने छ । एम्बुस थापेजसरी नै चोरी, लुटपाट वा घटना घटाउनेलाई समाउन विशेष टोली नै तयार पारिएको एसपी रानाले जानकारी दिए ।
प्रहरीले पोखराका मुख्यमुख्य ६ ठाउँमा यात्रु सहायता कक्ष पनि सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटक र आउ-जाउ गर्ने यात्रुलाई सहज सेवा दिन सहायता कक्ष राख्न लागिएको प्रहरीले जानकारी दिएको छ ।
अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा महानगरका र ग्रामिण इलाकामा रहेको सम्पूर्ण क्षेत्रहरुको सुरक्षा अवस्था सामान्य कायम राख्ने प्रतिवद्धता कास्की प्रहरीले गरेको छ ।
प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पार्ने छ । पृथ्वीराजमार्ग हुँदै छिर्ने नाका कोत्रे, सिद्धार्थ राजमार्गको छोरेपाटन, भूमिशेरचन राजमार्गको याम्दीमा विशेष चेकिङ हुने छ । विजयपुर, तालचोक, हेमजालगायत सहरका मुख्य चोक तथा बस्तीमा कुकुरसहित चेकिङ गर्ने प्रहरीको योजना छ ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतमा प्रहरीले छुट्टै सुरक्षा व्यवस्था अपनाएको छ ।
Source: online khabar

10 Way to Make Money on YouTube

1. Use YouTube to get traffic to your website and blog.

2. Teach: share your knowledge with tutorials

3. Sell others’ products as an affiliate marketer.

4. Test-market your products.

5. Create a Web TV series

6. Become a YouTube personality.

7. Monetize your videos with the YouTube Partner Program

8. Become an expert on metadata: use keywords to get an audience.

9. Build your brand using YouTube.

10. Turn your child or pet into a star (and make money)