काठमाडाैं - सामसङ ग्यालेक्सि नोट ९ को प्रि बुकिङ नेपालमा खुला गरिएको छ। सामसङ इलेक्ट्रोनिक्सले नोट ९ का लागि अग्रिम बुकिङ खुला गरेको हो। अगष्ट ९ तारिकबाट नोट ९ को बुकिङ न्युयोर्कबाट सुरु गरिएको हो।
सामसङले यो स्मार्टफोन अत्याधुनिक प्रविधिमा आधारीत रहेको बताएको छ। नोट ९ स्मार्टफोनमा पहिलो पटक एस पेन कनेक्टिभिटीकाे उच्च प्रविधि जडान गरिएकाे छ, जुन प्रविधि स्मार्टफोनमा पहिलो पटक प्रयोग गरिएको हो। यो फोनमा ४ हजार एमएएचको उच्च क्षमताको व्याट्रि तथा अहिले सम्मकै उत्कृष्ट क्यामेरा जडान गरिएको कम्पनीको दावी छ।
सामसङ नेपालको मोवाइल विजनेस प्रमुख प्रणय रत्न स्थापितले सामसङका नोट सिरिज प्रिमियम र उच्च प्रविधिमा आधारीत हुने गरेको बताए। उनले यो स्मार्टफोनले वर्तमान व्यस्त जिवनशैलीलाइ धेरै सहयोग पुर्याउने बताए। यसमा रहेको क्यामेराले फोटो खिच्दा केही कमजोरी भएमा आफै पहिचान गरी गल्तीलार्इ स्वत: हटाउने गर्दछ । एडभान्स इन्टिलिजेन्स विशेषता रहेको यो स्मार्ट फोनमा ६.४ इन्चको सुपर एमोलेड इन्फिनीटी डिस्प्ले जडान गरिएको छ।
प्रि बुक अफर
प्रि बुक www.note9prebooking.com मार्फत गर्न सकिनेछ। नोट ९ नेपाली बजारमा १ लाख ९ हजार ९ सयमा उपलब्ध हुनेछ। प्रि बुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ इन्च सामसुङ कर्भ मोनिटर प्रदान गरिने छ। यसैगरी ग्राहकले १८०० एमबी प्रमोसनल एनसेल डाटा तथा शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुट सम्वन्धीको विमा प्राप्त गर्न सक्नेछन्। यस्तै अग्रिम बुकिङ गर्नेहरुबीचमा लक्की ड्र गराई एक जनालाई टर्किस एयरलाईन्सको दुर्इ तर्फि टिकट प्रदान गरिने छ।
No comments:
Post a Comment